Saturday, September 26, 2026
Home शिक्षा गृहकार्य नगरेको भन्दै विद्यार्थी निर्घात कुटिएका छन्।

गृहकार्य नगरेको भन्दै विद्यार्थी निर्घात कुटिएका छन्।

289

जेठ ४,
डडेल्धुरा । भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा एक विद्यार्थी निर्घात कुटिएका छन्। गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेको हुन्। परशुराम नगरपालिका–२ गोगनका १२ वर्षीय राम कामीलाई स्केलले हानेर टोउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। बुधबार विद्यालयको गृहकार्य नगरे आएको बन्दै शिक्षक अवस्थीले स्केलले हानेर टाउकोमा गम्भीर चोट लागेको हो। रामको टाउकोमा घाउ नै हुने गरि कुटपिट गरेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए। ‘शिक्षक अवस्थीले हातमा हान्न खोज्दा टाउकोमा लागेको भन्ने बुभिएको छ।’ प्रहरी निरीक्षक भट्टले भने। टाउकोबाट धेरै रगत बगेको अवस्थामा विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि विद्यार्थीलाई जोगबुढा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि विद्यार्थीलाई शुक्रबार कैलाली लग्न लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताए। उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कडा कारबाहीको माग गर्नु पर्ने अभिभावकको माग छ।