आज घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

248

भदौ १९,
काठमाडौं । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले घटेको छ भने चाँदी भने स्थिर रहेको छ । छापावाला सुन आज प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।