टान निर्वाचनमा व्यवसायीहरुले आफ्नो समुहलाई जिताउनेमा सुवेदी ढुक्क

280

भदौ १५,
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते हुने साधारण सभामा दुईपक्षीय प्रतिस्पर्धा हुने भएको छ । व्यवसायीहरु बीच राजनितीक आस्थाको आधारमा प्यानल निमार्ण भएको छ । लोकतान्त्रीक बिचार समुहवाट खुम सुवेदी र नेकपा निकट व्यवसायी समुहवाट कुमार थापा मैदानमा उत्रिएका छन् ।

सुवदी समुहवाट वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा,सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । साथै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी, सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा तय भएका छन् ।

नेकपानिकट थापा समुहवाट बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितलाई अघि सारिएको छ । त्यसैगरि कार्यसमिति सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, निमा डिकी शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

भोलि सोमवार उम्मेदवारहरुको मनोनयन दर्ता हुने कार्यसुचि रहेको छ । नयाँ नेपाल न्यूजसँगको कुराकानीमा यसपटक टानको निर्वाचनमा आफ्नो समुहलाई व्यवसायीहरुले निर्वाचित गर्नेमा ढुक्क रहेको अध्यक्ष पदका प्रत्यासी खुम सुवेदीले दावी गरे । यस विचमा व्यवसायीहरुले देखाएको विश्वास र आफ्नो नेतृत्व माथि गरेको भरोसालाइृ आधार मान्दा आफ्नो समुह नै विजय हुने देखिएको छ उनले भने आफुले अगाडी सारेका एजेन्डा र विगतको काम नै जितको आधार हो ।