होमस्टे महासंघको अध्यक्षमा नवलपरासीका मर्दिनिया, कोषाध्यक्षमा भक्तपुरका बास्तोला चयन

97

काठमाडौं । होमस्टे (घरबास) महासंघ नेपालको चौथो अधिवेशनबाट अध्यक्षमा प्रेमशंकर मर्दिनिया थारु सर्वसम्मत चयन हुनु भएको छ । चितवनको माडीमा असोज २६ र २७ गते चितवनको माडीमा भएको अधिवेशनले आगामी ४ बर्षका लागि मर्दिनियालाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । उनी नवलपरासीमा रहेको अमलटारी होमस्टेका अध्यक्षसमेत हुन् । उपाध्यक्षहरुमा बाबुराजा महर्जन, धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाशचन्द्र गुरूङ,रचना बाठा, लक्ष्मीनारायण चौधरी, महासचिवमा कृष्णलाल चौधरी चयन भए, सचीवमा गंगादेवी हयाजु, कोषाध्यक्षमा सुरज बास्तोला सर्व सम्मत चयन हुनु भएको छ । महाधिवेशनमा ६८ जिल्लाका २ सय ५० होमस्टेबाट करिब ४ सय ४० जना प्रतिनिधीहरुको सहभागिता रहेकाको थियो ।