डा. भगवान कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रधानमन्त्रीको प्रस्ताव

76

भदौ ९,
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् ।
विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव गरिएको खबर नागरिक र रिपब्लिका दैनिकले आज छापेका छन् ।

यद्यपि, प्रधानमन्त्रीको प्रस्तावमा कोइरालाले सकारात्मक जवाफ दिएका छैनन् । बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले त्यस्तो मनस्थितिमा आफू नरहेको उनले प्रधानमन्त्रीलाई बताएका छन् । पछिल्लो समय कोइरालाले चाइल्ड हेल्थ हस्पिटल स्थापनाको जिम्मा पाएका छन् । त्यसका लागि उनी जुटिरहेका छन् । तर उपयुक्त शर्त र टिम पाएमा त्यसबारे विचार गर्न सक्ने प्रतिक्रिया उनले दिएका छन् । ‘म त्रिवि उपकुलपतिका लागि इच्छुक त छैन । तर उपयुक्त शर्त र टिम पाएमा यसबारे विचार गर्न सक्नेछु’, कोइरालाको भने ।