Wednesday, September 23, 2026
Home मनोरन्जन पानीको अभाव भएपछि फिल्ममा वर्षाको सिन खिच्न छाडियो

पानीको अभाव भएपछि फिल्ममा वर्षाको सिन खिच्न छाडियो

140

एजेन्सी, असार १६,
तमिलनाडु । भारतीय राज्य तमिलनाडुका विभिन्न भाग भिषण जल संकट चलिरहेको छ। यसको असर तमिल सिनेमामा पनि देखिएको छ। निर्माताहरूले पानी पार्नुपर्ने दृश्यहरूको छायाँकन गर्न छाडेका छन् भने अति आवश्यक हुँदा हल्काफुल्का बर्षा गराएर काम चलाइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सिनेमा निर्माता जीङ धनंजयनले सिनेमाका लागि चाहिने वर्षातको दृश्य छायाँकन गर्न छाडिएको बताए। जल संकटका कारण ट्याकंरहरूले सिनेमा क्षेत्रमा पानी दिइरहेका छैनन्। ‘यति धेरै पानी खर्च गर्नु अपराध जस्तो हो र त्यो मानिसहरूले यो बुझेका छन्। मानिसहरू सचेत छन्’, उनले भने। सिनेमामा वर्षा एकदमै जरूरी रहेको अवस्थामा पुरा घरमा पानी परिरहेको देखाउनुको सट्टा झ्यालमा मात्रै पानी पारेर ती दृश्यहरूको छायाँकन भइरहेको उनले बताए। किनकी त्यसका लागि एक बाल्टी पानी भए पुग्छ।