ओलीलाई गरेको दुव्र्यवहार गरेको भन्दै भक्तपुर एमालेको विरोध

34

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि झापा दुव्र्यवहार गरेको भन्दै भक्तपुर एमालेले विरोध गरेको छ । एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उश्रृङ्खल समूहबाट गत बुधबार भएको दुव्र्यवहार प्रयास सम्बन्धमा भक्तपुर जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले गरिएका यस्ता क्रियाकलापले वर्तमान राज्य संयन्त्र र सत्तागठबन्धनले अवलम्वन गरेको प्रतिगामी, जातीवादी र संकिर्णतालाई प्रतिबिम्बित गरिरहेको भक्तपुर एमालेको आरोप छ ।

यस्तो छ , प्रेस विज्ञप्ती: 

नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओली माथि झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उश्रृङ्खल समूहबाट गत बुधबार भएको दुव्र्यवहार प्रयास सम्बन्धमा नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । झापा, इलाम, तेह्रथुमका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा बुधवारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा पुग्ने क्रममा भएको उक्त दुव्र्यवहार हामीले अंगिकार गरेको लोकतान्त्रिक व्यवस्था, कानूनी शासन र सभ्य समाजको लागि अस्वीकार्य, अनपेक्षित र गैर जिम्मेवारपूर्ण भएको ठहर गर्दै हामी यस्ता उच्छृंखल कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछौं । समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप कोशी प्रदेशको सार्वभौम सभाले गरेको प्रदेश नामाकरणलाई जातीय नाम दिएर साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले गरिएका यस्ता क्रियाकलापले वर्तमान राज्य संयन्त्र र सत्तागठबन्धनले अवलम्वन गरेको प्रतिगामी, जातीवादी र संकिर्णतालाई प्रतिबिम्बित गरिरहेको हाम्रो ठहर रहेको छ । यस्तो उश्रृङ्खल कार्य नियन्त्रणका लागि हालको गठबन्धन सत्तासँग थोरैमात्र नैतिकता छ भनेपनि तत्काल उक्त घटनाको वस्तुगत अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र कानुनी शासन प्रत्याभूत गर्न हामी जोडदार माग गर्दछौं । साथ,ै यस्ता कार्यप्रति सचेत रहँदै सामाजिक एकता, सौहार्दता र भाईचारा अभिवृद्धि गरी जुनसुकै समस्याको शान्तिपूर्ण निकास हुन्छ भन्ने मान्यता प्रति अटल भई अगाडि बढ्न सम्पूर्ण सरोकारवाला र आम जनमानसमा हार्दिक अपिल गर्दछौं ।

बचन देउजा
अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटि भक्तपुर