होटेलमा आगलागी, आठको मृत्यु

77
सांंकेतिक तस्विर

साउन ३२,
काठमाडौं । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ । देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १ः३५ मा सो आगलागी शुरु भएको थियो ।

आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका सरकारी अपतकालिन सेवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको छ । करिब करिब ६५ जना अग्नि नियन्त्रक तथा १३ दमकलले निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ । एजेन्सी