Thursday, October 1, 2026
Home पत्रपत्रिका व्यवस्था फेरियो, अवस्था फेरिएन

व्यवस्था फेरियो, अवस्था फेरिएन

97

नागरिक दैनिक
साउन २८, सुर्खेत । सर्जन टमट्टाको नौजनाको परिवार मस्त निद्रामा थियो। राति भेरीमा ठूलो बाढी आयो, पूरै परिवार बगायो। सर्जन मजदुरीका लागि कालापहाड ९भारत० गएका थिए र बाँचे। ‘राति सुत्ने बेला श्रीमतीसँग फोनमा कुरा भएको थियो, चाँडै आउनु भन्थिन्’ सर्जनले भने, ‘बिहानै बाढीले बगाएको खबर सुन्नुप-यो। ’ श्रीमती, तीन छोरा, दुई बुहारी, एक छोरी र दुई नाति गुमाएका सर्जन त्यसयता नजिकैको गल्फा जंगलमा पालमुनि बस्छन्। पाँच वर्षअघि सरकारले दिएकोे पाल च्यातिएर अहिले आकाश देखिन्छ। ‘पाल नाममात्रैको छ, घाम र पानी छेक्दैन’, सर्जनले भने, ‘पाँच वर्ष त बितायौं, अझै कति समय यहाँ बिताउनुपर्ने हो थाहा छैन। ’ बाढीले सबैभन्दा धेरै मानवीय क्षति पु(याएको तातापानी गाविस ९हाल पञ्चपुरी–९ र १०० का एक सय १० परिवार अहिले गल्फा जंगलमा पालमुनि बसिरहेका छन्।

हरिहरपुर–४ की पूजा गन्द्रमाको जीवन पाँच वर्षअघिसम्म सुखी थियो। कमाउन कतार गएका श्रीमान्ले पैसा पठाउँथे। गाउँमा घर थियो। उब्जनी हुने जमिन थियो। भेरीको बाढीले उनको खुसी एकै रातमा लुट्यो। बाढीबाट उनीहरु बाँचे तर घर र अन्य सम्पत्ति जोगाउन सकेनन्। बाढीले घरबार बगाएपछि अरु गाउँलेसँगै उनी पनि दुईवर्षे छोरा, आँखा नदेख्ने ससुरा र कान नसुन्ने सासूसहित कर्णाली राजमार्ग किनारको गिरिघाट शिविरमा बस्न आइन्। बाढीपहिरोले घरवार विहिन भएको खवर सुनेपछि कतारमा रहेका जीवन असोजमा आइपुगे। विस्थापित शिविरमै सही श्रीमान् आएपछि पूजामा खुसीको सीमा थिएन।

‘दुःखजिलो गरेर परिवार चलाउँला, चिन्ता नमान भन्नुहुन्थ्यो, दुःखमा साथ दिने श्रीमान् आएपछि खुसीको सीमा थिएन’, पूजाले भनिन्, ‘श्रीमान्को साथ र खुसी पनि धेरै समय टिक्न पाएन। ’ असोजमा फर्किएका जीवनले फागुनमा गाउ“मा बाढीले घरबार बगाएको घरनजिकै रुखमा पासो लगाएर आत्महत्या गरे। घरबार छैन, शिविरमा बस्न थालेको पाँच वर्ष भयो, सासूससुरा र सन्तानको पेट भर्न सकेकी छैन’ पूजाले भनिन्, ‘मैले पनि मर्नलाई धेरै प्रयास गरें, सन्तान र सासू–ससुराको मायाले त्यसो गर्न दिएैन। ’ पाँच वर्ष भयो पूजा शिविरमा बस्न थालेको। अहिले कहींबाट राहत आउ“दैन। सकीनसकी नजिकैको गिरीघाट खोलामा गिटी कुट्छिन्। ‘गिटी बिक्री भएको सा“झ पेटभरि खान पाइन्छ,’ उनले भनिन्, ‘नभए भोकभोकै सुत्नुपर्छ। ’

२०७१ साउन २८ र २९ गतेको बाढी पहिरोबाट विस्थापित भएर विभिन्न अस्थायी शिविरमा बस्दै आएका पीडितका लागि हालसम्म १५ करोड ७४ लाख १५ हजार खर्च भए पनि उनीहरुको अवस्था फेरिएको छैन। २०७१ साउन २८ र २९ गते रातिको बाढी पहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। अर्बौंको क्षति भयो। अहिले पनि जिल्लाका विभिन्न आठवटा स्थायी शिविरमा एक हजार ४५ परिवार कष्टकर जीवन बिताइरहेका छन्। पाँच वर्षको अवधिमा संघीय र प्रदेश सरकारले बाढीपीडितका नाममा १५ करोड ७७ लाख १५ हजार रुपैयाँ खर्च गरिसकेका छन् तर पीडितको अवस्था फेरिएको छैन।

विस्थापितबीच द्वन्द्व बढाउँदै प्रदेश सरकार

गिरिघाट अस्थायी शिविरका नरेन्द्र खत्रीले २०७४ सालमा सरकारबाट जग्गा खरिदका लागि ५० हजार रुपैयाँ पाए। आफू विस्थापित भएको ठाउँमै जमिन किनेका खत्रीले घर निर्माणका लागि २५–२५ हजारका दुई किस्ता पनि लगिसकेका छन्। ‘सरकारले दिएको दुई किस्ताले घरको जगमात्रै बनाउन सकें,’ उनले भने, ‘त्यसयता राहत पाइएको छैन्। ’ पालमुनिको बसाइ, ज्यालामजदुरी गरेर पाँचजनाको परिवार पाल्नुपर्छ। यस्तोमा उनीसँग घर बनाउन सक्ने आर्थिक हैसियत छैन। ‘सरकारले बाँकी रकम एकमुष्ट दिएको भए च्यातिएको पालमुनि बस्नुपर्ने थिएन’, खत्रीले भने, ‘पहिले संघीय सरकारले झुक्यायो, अहिले प्रदेश सरकारले पनि त्यस्तै व्यवहार गरिरहेको छ। ’