एक वर्षमा ५१ अर्ब कमाए, जीवन बीमा कम्पनीले

89

साउन १२,
काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा उक्त परिमाणमा बीमा शुल्क आर्ज गरेका हुन् । यस अवधिमा पुराना बीमा कम्पनीहरुले ४७ अर्ब ९३ करोड ७७ लाख ९६ हजार २ सय ६९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा पुराना बीमा कम्पनीहरुको बीमा शुल्क २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । यि कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ७२ करोड ४४ लाख ७ हजार ७ सय ५९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

गत आर्थिक वर्षदेखि सञ्चालनमा आएका ९ बीमा कम्पनीहरुसमेत गरेर १८ वटा बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा भने ३१ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । सबै बीमा कम्पनीहरुको समेत गरेर आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो । बीमा शुल्क आर्जन वृद्धिदर बढाउने पहिलो नम्बरमा एनएलआईसी कम्पनी देखिएको छ । यस कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ दशमलव ४१ प्रतिशतले बीमा शुल्क आर्जनमा वृद्धि गरेको छ ।