यसरी बनाउन सकिन्छ मिठो खीर, हेर्नुहोस्

219

साउन १५,
काठमाडौं । भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ । खीरका लागि टाइचिन वा घारीकाठेको चामल प्रयोग गर्ने हो भने त्यसको स्वाद अझै मिठो हुन्छ । चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ । घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ । चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ ।

केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ । यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ । जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ । ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर समेत हाल्न सकिन्छ । खीर भैसीको दुधमा बनाइको धेरै मिठो हुन्छ । पाउडर दुध वा बट्टेदुधमा बनाइएको खीरमा त्यति स्वाद पाउन सकिँदैन ।