नयाँ फिल्मका लागि पूजाले फेरि लिइन् २० लाख पारिश्रमिक

841

साउन ८,
काठमाडौं । नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । यो चलचित्रका लागि पूजाले २० लाख पारिश्रमिक लिएकी छिन् । पूजाले यो बिषयमा भनिन्–‘निर्माता आएपछि कागजी संझौता हुन्छ । अहिले मैले पेश्की रकम लिएकी छु ।’ उनले सबै बिषयमा फाइनल कुरा भैसकेको सुनाइन् ।

चलचित्रका लागि नायक आकाश श्रेष्ठसँग पनि कुरा भैरहेको वुझिएको छ । आकाशले पनि यो चलचित्रमा काम गर्ने पक्का भयो भने पूजा र आकाशले एकसाथ चौथो चलचित्रमा काम गर्नेछन् । चलचित्रलाई पूर्ण रुपमा लभ स्टोरी कथामा नै बनाउने तयारी गरिएको छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकिएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुनेछन् । दार्जिलिङको नयाँ प्रोजेक्ट अर्को बर्ष रिलिज हुने वुझिएको छ । यसअघि चलचित्र ‘पोई पर्यो काले’का लागि नायिका पूजा शर्माले २० लाख पारिश्रमिक लिएसँगै खुबै चर्चा भएको थियो ।