पूर्व ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा शिसन बाँनियाको प्रेममा

1634

साउन ५,
काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा यतिबेला टर्की भ्रमणमा छिन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । उनीसँगै उनलाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र सिसन बानियाँ पनि छन् । केहीदिन अघि सिसजले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ ।

तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ । श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको राखेर पोज दिएकी छिन् । अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ । दुईजना सँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गरकाले उनको र सिसनको नाम जोडिएर आउन थालेको छ । श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरेकी छैनन् ।तर, यो बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।