‘अवतार’लाई पछि पार्दै ‘एभेन्जर्स : इन्डगेम’बन्यो विश्वकै धेरै कमाइ गर्ने फिल्म

133

एजेन्सी, साउन ५,
काठमाडौं । मार्भलको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ । यसअघि विश्व सिनेमामा सबैभन्दा बढी कमाइ गर्न सफल सिनेमा जेम्स क्यामरुनको ‘अवतार’ बनेको थियो । अवतारको रेकर्ड तोड्न हलिउडको अर्को फिल्मलाई १० वर्ष लागेको हो । साइन्स फिक्सन फिल्म ‘अवतार’मा पृथ्वी र अर्को ग्रहको संसार देखाइएको छ ।

‘एभेन्जर्सः इन्डगेम’ले विश्वभरबाट २.७८९ बिलियन डलर (झण्डै ३ खर्बभन्दा बढी) कमाइ गरेको छ । ‘अवतार’ ले यसअघि २.७८८ कमाएको थियो ।
अब विश्वभर धेरै कमाउने फिल्मको लिस्टमा एभेन्जर्सः इन्डगेम पहिलो बनेको छ भने अवतार दोस्रो स्थानमा धकिलिएको छ । तेस्रो स्थानमा भने जेम्स क्यामरुनकै फिल्म ‘टाइटानिक’ छ ।