अक्सफोर्डमा नेपाली चेलीहरुले मनाए ‘लेडिज नाईट’

350

-जानु काम्बाङ्
उन ५,
बेलायत ( अक्सफोर्ड) । नेपालीहरु बाक्लो बसाई रहेको बेलायतको अक्सफोर्डमा रहेका नेपाली महिलाहरुले लेडिज नाईट मनाएका छन् । अक्सफोर्ड नेपाली समाजका दिदीबहिनीहरूले अध्यक्ष पुष्पा राईको नेतिप्त्वमा लेडिज नाईट मनाएका हुन् । उनीहरु उक्त अवसरमा सांगीतिक कार्यक्रम समेत गरेका थिए । रोशनी सिङ्गक लिम्बूले २ टा गीतमा नृत्य गरेर भरपुर मनोरञ्न दिलाएकी थिइन् ।