बुढेसकालमा भ्लादिमिर पुटिन, देखिए ‘नाइट किङ’जस्तै !

243

साउन २,
काठमाडौं । फेसबुकले हालै प्रयोगमा ल्याएको ‘फेसयाप’ रसियाका प्रयोगकर्ताले भने अनौठो र हाँसिमजाकको रुपमा प्रयोग गरे । पछिल्लो केही दिनयता उनीहरुले सामाजिक सञ्जालमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको फेसयापलाई भाइरल नै बनाएका छन् । कुनै पनि फेसबुक प्रयोगकर्ताको बुढेसकालको सम्भावित तस्बिर फेसयापले देखाउँछ ।

भ्लादिमिर पुटिनलाई त बुढेशकाल मात्रै हैन, ‘भुत’को स्वरुपमै फेसयापले देखिाइदियो । यस्तो ‘सुपरनेचुरल’ स्वरुपमा पुटिन ठ्याक्कै ‘गेम अफ थ्रोन्स’का पात्र नाइट किङसँग मिल्दोजुल्दो देखिएका छन् ।

पुटिनको त्यही ‘भुत’ जस्तै नाइट किङ ‘स्टाइल’को तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसबाहेक उनको युवावस्था, बुढेसकाल, मृत्युपछिका सम्भावित तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । पुटिनसँगै अहिले विभिन्न नेता तथा शासकको फेसयाप बनाएर फेसबुकमा पोस्ट गर्ने क्रम अन्यत्र पनि बढेको छ ।Annapurnapost