पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्तमा विप्लव समूह सँग बार्ता हुँदैन : सरकारका प्रवक्ता

210

साउन २,
काठमाडौं । सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग बार्ता हुने बताएको छ । मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले बार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘बार्ताका लागि सरकार सदैव तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि बार्ता हुुँदैन ।’

उनले अघि भने, ‘मान्छे छाड्नु पर्ने , मुद्दा फिर्ता लिनुपर्ने । त्यसपछि बार्तामा आउँछौं भनेर हुँदैन ।’ हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि बार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतझैं शान्तिपूर्ण राजनीतिमा आएर पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका आउनु हुन्छ भने वार्ता हुन्छ,’ उनले भने ।