सुत्केरी र शिशुको मृत्युपछि थापाथली अस्पतालमा तनाव

358

साउन २,
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको छ। सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन्। उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो।

तर, एकैपटक बुधबार अस्पतालले कल्पनालाई मृत घोषणा गरेको गरेको हो। अस्पतालको लापरवाहीले सुत्केरी र बच्चाको मृत्यु भएको आफन्तको आरोप छ। यता, अस्पतालका कार्यकारी निर्देशक तथा प्रसूति रोग विशेक्षज्ञ डा। जाग्गेश्वर गौतमले भने सुत्केरी गराउनेक्रममा उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको बताए। उनले भने ‘लापरवाही होइन।

आमाको पेटमा बच्चा खेल्ने पानी रगतको नशा पट्टी गएर श्वास बन्द भएको र यसको असरले उपचार गर्दागर्दै आमा र बच्चाको मृत्यु भएको हो।‘ तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ।