सामाजिक संजालमा बुढ्यौलीमा कस्तो देखिइन्छ भन्ने हेर्ने रहर

393
Photo from Deepak Raj Giree facebook

साउन २,
काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्। उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू छन्।

वृद्धावस्थाको तस्बिर बनाउन एउटा एप प्रयोग हुने गरेको छ। फेसएप नामको एपमा मानिसहरूको अनुहार सम्पादन गरेर चाउरी परेको देखाउन, दाह्री र केश सेतो बनाइ र नभएको दाह्री थरीथरीका शैलीमा थप्न मिल्छ। सारी लगाएको र बुढ्यौलीको रूप बनाएको तस्बिर हाल्ने होडप्रति अरू प्रयोगकर्ताले भने व्यङ्ग्य गरेका छन्।

फेसएपको प्रयोग गर्ने लहर नेपालमा पनि सुरु भएको छ। फेसएपमा आफ्नो तस्बिर हालेर धेरैले आफ्नो अनुहारलाई अनेक थरी अवस्थामा परिवर्तन गर्दै रमाइरहेका छन्।

तीमध्ये आफ्नो वृद्ध रूपलाई प्रसिद्ध व्यक्तिहरूसँग दाँज्ने गरेको पनि पाइन्छ। उक्त एपमा तन्नेरी देखाउने सुविधा पनि छ।

बिहान बिहान कुन चाहिले काम पाएनछ यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ तर मेरो हजूर बौ भन्दा नि बूढो बनाएछ …., शुभ बिहानि शुभ साउने संक्रान्ति साथिहरू..!!!

Publiée par Deepak Raj Giree sur Mardi 16 juillet 2019

आकार अनिलले ट्विट गर्दै लेखेका छन् – हरिवंश आचार्यको “बूढो हुन मन छैन…” भन्ने गीत के आएको मात्रै थियो फेसएपले झन् दुनियाँलाई बूढो बनाइदिने भो। नेपालभित्र र अन्तर्राष्ट्रिय रूपमै सामाजिक सञ्जालमा धेरैले पछ्याइएका सेलिब्रिटीले फेसएप प्रयोग गरिएका आफ्ना तस्बिरहरू त्यसरी सामाजिक सञ्जालमा राखेपछि त्यस्तो लहर फैलिएको छ।

कतिले त आफ्ना चिनजानका मानिसले सम्पादन गरेर पठाइदिएपछि बल्ल थाहा पाएका थिए। तर तिनैलाई रमाइलो मान्दै सामाजिक सञ्जालमा हाल्नेमा कलाकार दीपकराज गिरीजस्ता अरू पनि छन्।

व्यङ्ग्यात्मक शैलीमा गिरी लेख्छन्, “हिजो फेसबुक हेरेर सरकारले वृद्धभत्ता क्यान्सिल गर्ने निर्णय गर्‍यो कि जस्तो लाग्छ..।, पूरै देश बूढो भयो…।” तर कसैकसैले भने वृद्धावस्था स्वाभाविक रूपमा आफैँ आउने भएकाले आफूलाई त्यो रूप हेर्ने हतार नभएको टिप्पणी गरेका छन्।-BBC