भक्तपुरमा प्रहरीको फन्दामा परे ११ जना चोर

200

पुस ४,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा विभिन्न स्थानहरुबाट चोरी गरी फरार रहेका व्यक्तीहरुलाई पक्राउ गरेको छ । बुधबार प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा ११ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरुले मितिमा भक्तपुरका बिभिन्न स्थानहरुबाट दिउसोको समयमा घरमा कोही नभएको अवस्थामा घर कोठा फोरी सुनका गरगहना तथा नगद चोरी गर्ने गरेका प्रहरीले जानकारी दिएको छ । सुनका गरगहना तथा नगद चोरी गरी विक्री वितरण तथा खरिद गर्ने कार्यमा संलग्नको आरोपमा काभ्रे तिमाल गाउँपालिका वडा नं. ३ सरमथली स्थायी घर भई हाल जिल्ला काठमाण्डौ अत्तरखेल मेडिकल कलेज नजिक बस्ने र्ष २९ को बिबेक भन्ने वाङदेन तामाङ, काभ्रे भुम्लु गाउपालिका वडा नं. ३ घर सोही स्थानबस्ने बस्ने बर्ष २२ को बिकाश भन्ने सुमन लामा रहेको छ । त्यसैगरी मोरङ केराबारी गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठामाण्डौ चाबहिल बस्ने बर्ष २३ को सन्तोष बि.क. रहेको प्रहरीले जानकारी दिएको छ । चोरीका गर गहना बिक्री गर्ने कार्यमा सहयाग गर्ने भारत महाराष्ट्र साङली थाना तासगाँउ ग्राम पानमलेबाडी घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ चाबहिल बस्ने बर्ष २७ को सचिन भन्ने बैभव बापुसो भोसलेलाई सार्वजनिक गरेको हो ।

उनीहरुले चोरीका गर गहना खरिद गरी गालेर बिक्री बितरण गर्ने गरेको र सुनका गरगहना चोरी गरी बिक्री बितरण गर्ने कार्यमा संलग्न ३ जना व्यक्तिहरु हाल फरार रहेको भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।
उनीहरुको साथबाट प्रहरीले सुनका गरगहना तथा गालेका सुनका टुक्राहरु अन्दाजी १६.५ तोला, सुनको सिक्का थान १, गालेका चाँदीका टुक्राहरु ४२ तोला, नगद उन्नाईस लाख अन्ठाउन्न हजार सात सय पचास र पच्चीस हजार पाच सय भारतिय रुपैयाँ बरामद गरेको छ । साथै चारी कार्यमा प्रयोग गरिएको मोटरसाईकल थान ३, मोबाईल सेट थान ५, फलाम काट्ने मेसिन थान १ तथा कटर ब्लेड थान ४ बरामद गरेको छ । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरबाट केही समय पहिला चोरी भएको थियो । प्रहरी जोशीको नामको गहना तथा सहकारीको रसिदहरु समेत फेला पारेको छ ।
अनुसन्धानको क्रममा पक्राउ उनीहरुले जोशीको घर र अन्यत्र गरेर हाल सम्म भक्तपुरका ९ स्थानमा चोरी गरेको भन्ने खुल्न आएको हो ।

त्यसैगरी प्रहरीले मध्यपुरथिमी नगरपालिका वडा नम्बर ५ स्थित हिम ईलेक्ट्रोनिक्सको स्टोर रुमबाट चोरी भएका टेलिभिजन सेट सहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार काठमाण्डौ थापागाँउबाट २१स्३० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुमा रामेछाप मन्थली न.पा. ४ घर भई हाल बानेश्वर थापागाँउ बस्ने बर्ष ३६ को राजु काफ्ले, लिखु तामाकोशी गा.पा. १ घर भई हाल कटुञ्जे बस्ने बर्ष २७ को दिनेश पौडेल, दोलखा तामाकोशी ६ घर भई हाल काठमाण्डौ काडाघारी बस्ने बर्ष २१ को शिब फुयाल , रामेछाप लिखु तामाकोशी २ घर भई हाल काठमाण्डौ अनामनगर बस्ने बर्ष २५ को नारायण दाहाल रहेका छन् । भक्तपुर चा.न.पा. ४ बस्ने बर्ष ४० सुवाष थापा मगर, भ.न.पा. ४ बस्ने बर्ष २० सुजन जाकिबन्जार, चा.न.पा. ५ छालिङ बस्ने बर्ष २७ को निरञ्जन लागेजु छन् ।
प्रहरीले उनीहरुको साथबाट सामसुङको विभिन्न साइकका १४ थान टेलिभिजन सेट बरामद गरेको छ । यसबारे थप अनुसन्धान जारी रहेको समेत प्रहरी प्रमुख श्रेष्ठले बताए ।