नेपाल आईडलका जज कालीप्रसाद बास्कोटालाई पुनः चोरीको आरोप

214

साउन १,
काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले चोरीको आरोप खेप्दै आइरहेको छन् । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई पुनः अर्को चोरीको बात लागेको छ । कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।

१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ । आफूले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएको बताए ।

कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन । उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे ।