इन्स्टाग्राममा हिट अदिती

126

काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी फोटो सेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन् । भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी २५ वर्षीया बुढाथोकीले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअर थालेकी थिइन् । उनी अभिनित ‘बाबरी’ भदौ ३१ गते प्रदर्शनको तयारीमा छ ।

दुई मिलियनले उनलाई पछ्याउँदा अदितीले चाहिं ७७२ जनालाई पछ्याएकी छन् । अदितीलाई नेपाली र भारतीय कलाकार तथा प्रशंसकहरुले पछ्याएका छन् । आफ्ना ‘हट’ तस्वीर इन्स्टाग्राममा सेयर गर्दै आएकी अदिती युवापुस्तामाझ रुचाइएकी कलाकार समेत हुन् ।