Tuesday, November 17, 2026
Home अन्तर्राष्ट्रिय आफ्नै बुबाले खुट्टा ढोग्न निहुरेकी गर्भवती छोरीको घाँटी काटेर गरे हत्या

आफ्नै बुबाले खुट्टा ढोग्न निहुरेकी गर्भवती छोरीको घाँटी काटेर गरे हत्या

773

एजेन्सी, असार ३१,
मुम्बई । भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ । पुलिसका अनुसार मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक हमला गरे, जसका कारण उनको मृत्यु भयो ।

पुलिस अधिकारी अखिलेश सिंहले भने, ‘हामीलाई बताइयो कि उनीहरु फेब्रुअरीमा मध्यप्रदेशको सतना गएका थिए । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् । पिताले मिनाक्षीको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी गरियो र कार्डसमेत छापियो । तर प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।’

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, विवाहलाई स्विकार गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै जब मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगिन् तब राजकुमार रिसाए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भयो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेका बेला चक्कुले हमला गरे ।Ratopati.com