पाकिस्तानी नायकले शाहरुख खानको मजाक उडाएपछि…

170

एजेन्सी, असार ३०,
काठमाडौं । शाहरुख खानले डिजनीको फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा मुसाफालाई आफ्नो आवाज दिएका छन् भने सिम्बालाई उनका छोरा आर्यनले आवाज दिएका छन् । शाहरुखले यसको एउटा भिडियो ट्वीटरमा सेयर गरेका छन् । यसमा पाकिस्तानका एक नायक शान शाहिदले जवाफ दिँदै उनको मजाक उडाएका छन् ।

शान शाहिदले गरे ट्वीटः शान शाहिदले ट्वीट गरेका छन्, ‘कृपया एउटा आइकोनिक फिल्मलाई हिन्दी डब गरेर बर्बाद नगर्नुहोस् । शाहरुख र अरु कुनै भोइस ओभर आर्टिस्टको आवाजमा कुनै फरक छैन । कम्तिमा एउटा सिंहको आवाजका लागि त एक्सप्रेसन बदल्नु पर्दथ्यो ।’

प्रशंसकले गरे शाहिदको ट्रोलः शाहिदको ट्वीटपछि शाहरुखका प्रशंसकले उनलाई मज्जाले ट्रोल गरेका छन् । एक प्रशंसकले लेखेका छन्, ‘सर, सुरुमा यो थाहा पाउनुस् कि यो शाहरुखको स्वर होइन । दोस्रो यो बुझ्नुहोस् कि तपाईंलाई कसैले पनि हिन्दी संस्करण हेर्न बाध्य बनाएको छैन ।’