संसदमा बाढीबारे छलफल गर्न कांग्रेस र राजपाको प्रस्ताव

245

असार ३०,
काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका हुन् । उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने सांसदहरुलाई सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनामा संलग्न गराउने पर्ने प्रस्तावमा उल्लेख छ ।