Saturday, September 19, 2026
Home अन्तर्राष्ट्रिय अष्ट्रेलियामा ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

अष्ट्रेलियामा ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

81

असार २९,
काठमाडौं । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६।६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन्।भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परे पनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरूको भनाइ छ।

अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ। ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरू हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ। राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आए पनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ।