हरिशयनी एकादशी तथा चतुरमासा व्रतको माहात्म्य

304

-ज्यो अनिल पुडासैनी
✍️ आज आषाढ शुक्लपक्ष शुक्रवार एकादशी तिथि अर्थात् हरि शयनी एकादशी तुलशी रोप्ने दिवस तथा आजैको दिन देखि प्रायः धेरैले एकादशी व्रत तथा चतुरमासा व्रतको आरम्भ पनि गर्दछन ।
अब चर्चा गरौ यश व्रतको माहात्म्यको
युधिष्टिरले सोध्नुहुन्छ भगवान् श्री कृष्ण सग ‘भगवान् आषाढको शुक्लपक्षमा कुन एकादशी पर्छ ? उस्को नाम र बिधि के छ ? यश बारे बताईदिने कृपा गर्नुहोस्’

भगवान् श्री कृष्ण भन्नुहुन्छ
राजन्, आषाढ शुक्लपक्षको एकादशीको नाम ूशयनिू हो । म यसबारे वर्णन गर्दछु । यी महान पुण्यवती ,स्वर्ग एवं मोक्क्ष प्रदान गर्नेवाली , सबै पापको हरनेवाली तथा उत्तम व्रत हो । आषाढ शुक्लपक्षमा शयनी एकादशीको दिन जसले कमलको फुलले कमललोचन भगवान् बिष्णुको पुजा तथा एकादशीको व्रत गर्दछ भने उसले तिनै लोक तथा तिनै सनातन देवताका पुजा गरे सम्मान हुन्छ । हरिशयनी एकादशीको दिन मेरो एक स्वरुप राजा बलिको मा रहन्छ भने अर्को क्षिरसागरको शेषनागको शाय्यामा तबतक शयन गर्दछु जवसम्म आगामी कात्तिकको शुक्लपक्षको एकादशी आउदैन, अतः आशाढशुक्ल एकादशी देखि कात्तिक शुक्ल एकादशी सम्म मानवले भलिभाती ध्र्मको आचण गर्न चाहान्छन । जो मनुष्य यश व्रतको अनुश्ठा गर्दछन उसले पर्म गति प्राप्त गर्दछ। यसकारण नियमपुर्वक यस एकादशी व्रत गर्नु प्रदछ । एकादशी को रातमा जाग्राम बसि शंख, चक्र र गदा धारण गर्नुहुने भगवान् बिष्णुको भक्तिपुर्वक पुजा गर्नु प्रदछ । यसो गर्ने वाला मनुष्यको पुण्यको गणना गर्न चतुर्मुख ब्राह्मजि पनि असमर्थ हुनुहुन्छ । राहन् १ जो एस प्रकार भोग और मोक्क्ष प्रदान गर्नुहुने सर्वपापहारी एकादशीको उत्तम व्रतको पालन गर्दछ, उ जातिको दरिद्र चाण्डाल भय पनि संसारमा मेरो प्रिय हुनेछ।

जो मनुष्यले दिपदान, पलासको पातमा भोजन और व्रत गरि चौमासा बिताउछ भने उ मेरो प्रिय हुन्छस चौमासा भरी भगवान् बिष्णु सुतिरहनु हुनेछस यसैले मनुष्य पनि भुमिमा शयन गर्नु प्रदछ। श्रावण मा साग, भाद्रमा दहि, आश्विनमा दूध, र कात्तिकमा दालको त्यग गर्नु पर्छ। यस्ता मनुष्यले परम गति प्राप्त गर्दछन। राजन् १ एकादशी व्रतले नै सबै पापबाट मुक्ति हुनेछ। अतस् सदै यसको व्रत गर्नु प्रछ। कहिल्यै भुल्नु हुदैन हे१ राजन् ११ ुुशयनीुु र ुुबोधनीुु को बिचमा जुन कृष्णपक्षको एकादशी हुन्छ, गृहस्थिको लागि त्यही व्रत राख्न योग्य हुन्छ। अन्य महिनाको कृष्णपक्षको एकादशी व्रत गृहस्थिको राख्न योग्य हुदैन। सुक्लपक्षको एकादशी व्रत सबैले गर्नु पर्दछ। हे, राजन्
यसरी श्री कृष्णले युधिष्टिरलाई हरि शयनी एकादशी तथा चतुरमासा व्रतको माहात्म्य बताउनु भएको छ।
नारायण हरि हरि ॐ
हरिशयनी एकादशीको सुभकामना सबैमा पुण्यको मार्गमा मन जाओस् ।।
नारायण हरि । हरि ।
                                                 कौशिक ज्योतिष सेवा, काठमाडौं