‘विदेश घुम्न जानेलाई रोकौं, कर्मचारीलाई भ्रमण भत्ता दिऔं’

234

-दामोदर दंगाल

अहिले विश्वमा कोरोना संक्रमणले आर्थिक र मानविय वातावरणलाई त्रसित बनाईरहेको छ । यसको असर नेपालको अर्थतन्त्रमा र विषेश गरेर पर्यटन क्षेत्रमा धेरै परेको छ । यो समस्याबाट अब क्षति धेरै हुन दिनु भन्दापनि समस्या समाधानका उपाय अवलम्बन गर्नु पर्ने देखिन्छ । पर्यटन व्यवसायमा परेको असरले गर्दा हाम्रो देशमा नाजुक अवस्था आइसकेको छ । सामान्य होटलदेखि तारे होटल र पर्यटन सम्बन्धी दर्जर्नौ व्यावसायमा देशी र विदेशी गरेर खर्बौ रुपैयाँ लगानी भएको छ । अबको दिनमा कम्तीमा दुई वर्षसम्म पर्यटन व्यवसायलाई टिकाउन सकिएन भने मुलुकमा आर्थिक नोक्सानी हुनेछ । पर्यटन क्षेत्र धरासयी हुदाँ होटल, रेष्टुरा, यातायात, कृषि, हवाई क्षेत्रलगायतका व्यवसाय बन्द हुनेछन्, जसको असरले गर्दा लाखौं युवाहरु बेरोजगार हुनेछन् ।

लाखौं युवाहरु कामको लागि विदेशीयको वर्तमान समयमा नेपालमा भएको रोजगारी समेत गुम्ने अवस्था आएमा के होला ? कल्पना गर्न सकिदैन् । यो अवस्था नेपालकोलागि दुर्भाग्य हुनेछ । दुई वर्षमा पर्यटन क्षेत्रले लिने गति अब पुरानै लयमा फर्कन पाँच वर्ष लाग्नेछ । विगत वर्षका तथ्यांकलाई हेर्ने हो भने लगभग १०.५ लाख अन्तराष्ट्रिय पर्यटकहरु नेपाल आएका देखिन्छ । उनीहरु न्यूनतम १२.५ दिन नेपाल बस्ने गर्दा औसत दैनिक ४४ अमेरिकी डलर खर्च गर्ने गरेका थिए । यसरी एक डलर ११० डलरका दरले हिसाब गर्दा करिब ६४ अर्वको कारोवार भएको देखिन्छ । वर्षाीक ११ लाख नेपालीहरु विदेश समेत गएका छन् । जसमा ४ लाख ५० हजार अध्ययनकालागि ६ लाख पर्यटन भिसामा र ३० हजार भन्दा धेरै तालिम र सेमिनारमा भाग लिन विदेश गएका देखिन्छन् । यसरी हेर्दा ५६ अर्वभन्दा धेरै नेपाली रुपैयाँ विदेशमा खर्च भएको देखिन्छ । नेपालीले विदेशमा गरेको खर्चभन्दा पर्यटकले नेपालमा गरेको खर्च करिब ८ अर्वमात्र बढि हुन आउँछ ।

कोरोनाको कारणले केही समयलाई नेपालीहरुले विदेशमा गर्ने खर्च नहुन सक्छ । अर्को तर्फ बाह्य पर्यटकहरु समेत कम आउन सक्दछन् । मुख्य कुरा भनेको नेपालको पर्यटनलाई अहिलेको अवस्थामा टिकाएर राखी अबको दुई वर्ष पछाडीको अन्तराष्ट्रिय पर्यटन कम्पनी तथा पर्यटनालाई तयारी अवस्थामा कसरी राख्ने भन्ने हो । राज्यले पर्यटन क्षेत्रलाई दिने राहत प्याकेजपनि सम्पूर्ण पर्यटन व्यवसायीहरुले नपाई पहुँचवालाले मात्र पाउने संभ्भावना पनि त्यतिकै छ । जसको कारणले गर्दा नेपालका पर्यटन व्यवसायीहरुलाई टिकाएर राख्नकालागि अन्य विकल्पका बारृमा समेत सोच्नु पर्ने स्थिती छ ।

केही उपायहरु जसले नेपालको पर्यटन क्षेत्र र व्यवसायलाई अहिलेको अवस्थामा समेत पहिले भन्दा समुन्नत बनाउन सकिन्छ ।

१. नेपालमा लगभग ५ लाख सरकारी कर्मचारीहरु छन् । ती सम्पूर्णलाई आन्तरिक पर्यटन प्रर्वद्धन शिर्षकमा वार्षिक अतिरिक्त एक महिनाको तलव छुट्टै उपलब्ध गराउने र कर्मचारीहरुले उक्त रकम पर्यटन भ्रमणमा अनिर्वाय रुपमा खर्च गर्नु पर्ने प्रावधान राख्नु पर्ने । भ्रमणको प्रमाण नदिए उक्त सुविधा नपाउने । यसो गरेमा सरकारी कर्मचारीहरुमा काम गर्ने हौसला पनि बढ्ने छ । अर्को तर्फ यसो गर्दा पर्यटन क्षेत्रमा राज्यबाट सरदर एक कर्मचारीलाई लगभग २० हजारका दरले पनि १० अर्बभन्दा बढि रकम हुन जान्छ । जसको कारणले होमस्टे तथा मझौला र दुई तारे होटलसम्म संचालनमा आउछन् र पर्यटन क्षेत्रमा राहतसैगै रोजगारीमा वृद्धि हुन्छ ।

२. विगतको तथ्यांकलाई हेर्ने हो भने नेपालमा नीजि व्यापार, व्यवसाय, उद्योग र सोको रोजगारीबाट आमदानी गर्नेको संख्या सरकारी कर्मचारी वाहेक लगभग ६७ लाखको हाराहारीमा देखिन्छ । राज्यले नीति बनाएर बीजि क्षेत्रले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई वर्षको १५ दिनको तलव अतिरिक्त पर्यटन भ्रमण र सोको पर्वद्धनकोलागि उपलब्ध गराउने नियम कनाउने यस कार्यक्रममा कम्तीमा ५० प्रतिशत मात्र सहभाग गराउन सकियो भने पनि एक कर्मचारीको १० हजार को दरले ३० अर्वभन्दा बढि खर्च हुन हुन जान्छ । परिवार सहित जाँदा उक्त खर्च दुई गुणाले वृद्धि हुन्छ । जसको कारणले ६० अर्वभन्दाबढि खर्च हुने देखिन्छ । त्यस कारणले पर्यटन क्षेत्रमा जोडिएका अन्य व्यापार व्यावसाय उद्योगलाई समेत सहयोग पुग्ने र आर्थिक कारोवार वृहथ हिसावले बढ्छ ।

३. विदेश भ्रमणमा गएर लाखौं दर्च गर्ने ६ लाख नेपाली पर्यटकहरुलाई नेपालमै लक्जरी टूरिजमका विविध प्याकेजहरु फेमली प्याकेज विजनेश प्याके, धार्मिक पर्यटन प्याकेज आदि बनाई नेपालमा नै भ्रमण गराउन सकिन्छ । जसले गर्दा विदेश गएर लाखौं खर्च गर्ने २० प्रतिशतमात्र आर्कषित गर्न सक्ने हो भने १०अर्वभन्दा बढिको व्यापार हुने देखिन्छ । यस्ता प्याकेजमा उनीहरुलाई हेलिकप्टरबाटै गन्तव्यमा पु्र्याउने त्याहाँ ३ ४ दिन घुम्ने घुमाउने सुविधाहरु दिन सकिन्छ । प्रायः ठप्प अवस्थामा रहेको आन्तरिक पर्यटक प्रर्वद्धनकालागि राज्य, पर्यटन व्यावसायी र नीजि संघसस्थाहरुले संयुक्त प्रयास गर्ने हो भने पर्यटन क्षेत्रमा परेको असरमा कमी आई ८० अर्व बराबरको कारोवार हुनेछ । जसले गर्दा पर्यटन क्षेत्रमा रोजगारी सुरक्षित त हुने नै छ, नयाँ रोजगारी समेत सिर्जना हुने छ । अर्को तर्फ होटल, होमस्टेमात्र होइन तरकारी रोप्ने किसानदेखि कुखुरा, गाइभैसी पालन गर्ने किसानहरुलाई समेत फाइदा पुग्दछ । स्थानीय उत्पादन, कला संस्कृतिको जर्गेना गर्दै आर्थिक संम्वृद्धिको यात्रा तर्फ नेपालले पाइला चाल्नेछ । यसरी राज्यले सानो सहयोग कर्मचारीको मार्फत पर्यटन क्षेत्रलाई गर्ने हो भने दुई वर्षसम्म नेपालको पर्यटन व्यवसाय समेत सुरक्षित हुनेछ । अर्को तर्फ हामी पर्यटन व्यावसायीले समेत राज्यको साथ र सहयोगलाई आत्मसाथ गर्नु पर्ने देखिन्छ । नाफामूखी भन्दापनि पर्यटनलाई प्रर्वद्धन गर्ने खालको प्याकेज ल्याउनु पर्ने देखिन्छ ।

पर्यटन व्यावयासीहरुले यो विषयमा सम्बन्धीत निकयनहरुमा समन्वय एंव दवाब सृजना गरेर भएपनि यस्ता प्रकारका आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने निकायहरुलाई स्थानीय सरकारको मार्फत नै यथासिघ्र लागू गर्नुपर्ने हुन्छ ।
धन्यवाद
                                  लेखक: नेकपा भक्तपुरका नेता तथा पर्यटन व्यावसायी हुन् ।