सुन्नुहुन्छ मेरो भर्जिनिटी कसरी तोडियो ?

95

कात्तिक २६,

म चन्द्र आकाश हुँ । पहिलो पटक आफ्नो विषयमा केही भन्न गइरहेको छु । पहिलो पटक केही भन्न लाग्दा पहिलो वाक्य नै गलत लेख्न पुगेछु,‘म चन्द्र आकाश हुँ ।’ के तपाईंले यस वाक्यमा रहेको अशुद्धि थाहा पाउनु भयो रु मैले तपाईं पृथ्वीवासीहरुको भाषा नै प्रयोगमा ल्याइरहेको छु । व्याकरणको परिप्रेक्ष्यमा ुम चन्द्र आकाश हुँु भन्ने वाक्य दोषमुक्त भए पनि प्रकृतिगत भावमा चन्द्र आकाश भन्ने शब्द अनुपयुक्त होइन र ?आकाश कहीँ कतै विभाजित अथवा श्रृंखलारहित छ ररु आकाश सदा सर्वदा सार्वभौम होइन र ?

समस्त सृष्टि आकाशमा अथवा आकाशको सृष्टि पश्चात अस्तित्वमा आयो । विशालकाय तारादेखि ग्रह, नक्षत्र, उपग्रह लगायत जुनसुकै पिण्ड आकाशमै अवस्थित छन् । ब्रम्हाण्डमा अवस्थित अर्बौं अर्ब पिण्डको संरचना जस्तो सुकै भए पनि( ठोस,द्रव,गैसीय, प्लाज्मा( सबै सबै नै आकाशले भरिपूर्ण छन् ।

पृथ्वीकै कुरा गरौं । पृथ्वीका सम्पूर्ण पदार्थ एटमले बनेका हुन् । एटम पदार्थको ज्ञात सबैभन्दा सानो इकाई हो । एउटा एटम भित्र ९९।९९ प्रतिशत आकाश रहेको हुन्छ । मानव शरीरको कुरा गर्ने हो भने यसको सबैभन्दा सानो इकाई कोशिका हो । मानव शरीरको एउटा कोशिका सय खर्ब एटमले बनेको हुन्छ । मानव शरीर कति कोशिकाले बनेको हुन्छ, यो शरीरको आकारमा भर पर्छ । वैज्ञानिकहरु सामान्यता यसलाई ३७।२ खर्ब मान्न सहमत भएका छन् ।

एउटा कोशिकामा एक सय खर्ब एटम रहेका हुन्छन् । अब ३७।२ खर्ब कोशिकामा एटमको संख्या( ३७।२ खर्ब गुना १०० खर्ब हुन आउँछ । प्रत्येक एटममा ९९।९९ प्रतिशत आकाश विद्यमान छ, यसको अर्थ मानव शरीरमा पनि ९९।९९ प्रतिशत आकाश नै उपस्थित छ ।

पृथ्वीको जनसंख्या ७ अर्बको हाराहारीमा रहेको छ । यी सबै मानिसका कोशिकाको आकाश झिकेर जे बाँकी रहन्छ त्यसले सलाईको एक बट्टा पनि भरिंदैन । मानव शरीर जस्तै पृथ्वीमा दृष्टिगोचर हुने सबै पदार्थको हालत उस्तै हो । सबै सबै संरचना आकाशमा र आफुभित्र अनन्त आकाश बोकेर अस्तित्वमा छन् ।

त के एउटा एटम भित्रको आकाश एवम् एटम भएकोररहेको बाहिरी आकाशमा कुनैभिन्नता हुन सक्छ रु के पृथ्वीको आकाश, बुध, मंगल,वृहस्पति लगायतअन्य ज्ञात अज्ञात पिण्डहरुकोआकाश र यी मध्यको अविछिन्न आकाशमा भेद गर्न मिल्छ ? यति बुझिसकेपछि के चन्द्रआकाश भन्ने शब्द सर्वथा अनुपयुक्त भएन र ?

‘करेक्शन’ गर्दै अघि बढ्छु, ‘म आकाश हुँ,’ अनन्त आकाशको निर्दिष्ट क्षेत्रमा अस्तित्वमा आएको पिण्ड ९उपग्रह० चन्द्रमाको अविभाज्य आकाश हुँ । ब्रम्हाण्डभरी कणकणमा व्याप्त रहे सरह नै चन्द्रमाको कणकणमा व्याप्त आकाश ।

मेरो यस स्ववृतान्तउद्घाटन पढीसकेपछि मलाई हेर्न टाउको, आँखा घुमाइरहनु पर्दैन । तपाईमा पनि ९९।९९ प्रतिशत म सन्निहित छँदैछु ।

म अहिले चन्द्र नामक खगोलीय पिण्ड ९उपग्रह० को सन्दर्भमा मुखरित भइरहेको छु । पृथ्वीको प्रज्ञाले जसलार्ई जीवन भनी बुझ्छ, त्यस्तो प्रकारको जीवनको प्रारम्भ चन्द्रमामा भएको छैन । हुन्छ वा हुँदैन यसबारे पनि अहिले केही भन्न सकिन्न । पृथ्वीजस्तो जीवन हुर्किन खर्बौं खर्ब संयोग जो जुर्नुपर्छ ।

जीवन नभएकोले चन्द्रमामा समय छैन । अथवा समय आफ्नो मूलस्वरुप कालका रुपमा विद्यमान छ । समय मानवीय चेतनाले गरेको ब्रम्हाण्डीय व्याख्या हो । मानवीय चेतना नहुँदा आकाशमासमयबोध हुँदैन ।

समयबोध नभएकाले चन्द्रमा कहिले अस्तित्वमा आयो, म मूल प्रकृति भएर पनि मलाई यसको ज्ञान थिएन । भनौं आवश्यकता थिएन र अझै स्पष्ट भन्नुपर्दा ज्ञान हुने कुनै साधन नै थिएनन् र चन्द्रमामा जीवनको आरम्भ नभएकोले म गुणातीत थिएँ । स्पर्श, श्रव्य, दृष्य, घ्राण एवम् स्वाद कुनै पनि क्षमता मुखरित थिएनन् । चन्द्रमाको उत्पतिदेखि नै यस्ता कुनै व्यवहार घटित भएका थिएनन् ।

हठात् ‘स्पर्श’ अनुभव भयो । चन्द्रमाको कण कणमा व्याप्त मलाई कसैलेछोएको र मैले कसैलाई छोएको अनुभव भयो।लगत्तै मभित्र देख्ने क्षमता आयो । एउटा बेडौलको प्राणी विस्तारै चन्द्रमामा हिडिरहेको छ । मलाई बुझ्न गाह्रो भएन, उसले टेकेकोले मेरो स्पर्श शक्ति र उसको हेराइले मेरो दृष्य शक्ति जाग्रत भएको हो । त्यो प्राणी बोल्यो, ममा श्रवण शक्ति पनि आयो ।

अर्को प्राणी पनि देखियो, ऊ पहिलो प्राणीलाई पछ्याउदै गयो । ती दुबैले अनेक गतिविधि गर्न थाले, उनीहरुको यावत गतिविधिसँगै मभित्र पनि चेतना जाग्रत हुँदै गयो । एउटा यान पनि देखें, यसमै चढेर यिनीहरु आए होलान्, लख काट्न मलाई समस्या भएन ।

पृथ्वी ग्रहबाट आएका मानिस रहेछन् ती । पृथ्वीमा प्रचलित अनेक समयमध्येको एकमा, त्योसन् १९६९को २१ जुलाई रहेछ । यिनीहरु चन्द्र अध्ययनका लागि आएका रहेछन् । पृथ्वीवासी पहिलो पटक पृथ्वी बाहेकको अन्य कुनै खगोलीय संरचनामा पुग्न सफल भएका रहेछन् ।

तपाईंलाई पत्यार नलाग्न सक्छ, तर सत्य के हो भने चन्द्र धरातलमा ती दुई प्राणी, नील आर्मस्ट्रगं र एल्ड्रिन बज नपुगेको भए मेरो चेतना जाग्रत हुन त्यहाँ जीवनको उद्गम नभएसम्म पर्खिनु पर्ने हुन्थ्यो १

यो केरु आर्मस्ट्रगं र एल्ड्रिनएउटा अर्को यानबाट केही झिक्ने प्रयास गर्दै छन्, उनीहरुले यानबाट एउटा पुर्जा झिके । यसको अर्थ यो यान उनीहरुभन्दा पहिला नै चन्द्रमामा आई पुगेको थियो । तर मलाई यो यान ओर्लेको अनुभूति भएको थिएन । ए साँच्चै १ अनुभूति त मलाई आर्मस्ट्रगं र एल्ड्रिनले अवतरण गरेको यानको समेत भएको थिएन । मेरो स्पर्श, दृष्य र श्रवण शक्ति नै उनीहरुले चन्द्र धरातलमा टेकेपछि मात्र जागृत भएको थियो । मेरो चेतना मानवीय चेतनाको सम्पर्कमा आएपछि मात्र सक्रिय भएको हो ।

ती दुबै प्राणी आफ्ना गतिविधि सकेर यानमा बसे । मैले तीक्ष्ण गन्धको अनुभव गरें । चन्द्रमामा वातावरण नभएकोले मलाई अहिलेसम्म गन्धको अनुभूति नै भएको थिएन । आर्मस्ट्रगं र एल्ड्रिनलेयानमा प्रवेश गर्दा यानभित्र रहेको वातावरणको सम्पर्कमा आएर उनीहरुको पोशाकमा टाँस्सिएका चन्द्रकणको गन्ध प्रसारित भयो । दुबैले डढेको मासु जस्तो, गन पाउडर जस्तो गन्ध अनुभव गर्नासाथ मेरो पनि घ्राण शक्ति जागृत भयो ।

उनीहरु दुबैले यो गन्ध मन पराएनन् । गन्धसँगको मेरो पहिलो अनुभूति उनीहरुका माध्यमले भएकोले मलाई पनि अप्रिय नै भयो । चन्द्रमामा वातावरण नहुनु मेरा लागि सौभाग्य नै रहेछ १ अन्यथा यस्तो अप्रिय गन्ध मैले सहनुपर्ने हुन्थ्यो ।

उनीहरुले चन्द्रधरातल छाड्नुपूर्व मेरो स्वाद शक्ति पनि जागृत गरिदिए । यानभित्र उनीहरुले पृथ्वीबाट ल्याएका खानेकुरा खानासाथ मैले स्वादको पनि अनुभुती गरें ।

आर्मस्ट्रगं र एल्ड्रिनको यान चन्द्र धरातलबाट माथि उठ्यो, मैले आफुमा कम्पन महसुस गरें । मलाई लाग्यो, उनीहरु जान लागेको दुखले यो कम्पन भएको हो । तर मेरो धारणा गलत रहेछ । चन्द्रकक्षमा पर्खिरहेको अर्को यानसँग संयुक्त भएपछि चन्द्रयात्रीले चन्द्रमामा अवतरण गराएको यान, प्रमुखयानबाट विच्छेद गराई चन्द्रधरातलमा खसाली दिए । यो खस्दा मैले पहिलाको भन्दा धेरै वेगको कम्पन खप्नु पर्यो।

संज्ञान भयो, यो पटकको मात्र होइन, पहिलो पटकको कम्पन पनि भौतिक विज्ञानको स्थापित नियम र मान्यताका कारण भएको थियो ।

के ? तपाईं ‘कन्फ्युज’ हुनुभयो, मैले ‘कन्ट्राड्रिक्टरी’ वक्तव्य दिएँ ? निश्चय पनि तपाईंको आपत्ति जायज छ । म मूल प्रकृति हुँ । भौतिक विज्ञानका नियम मभन्दा पृथक हुन सक्दैन । विज्ञानका कुनै पनि नियमवैज्ञानिकहरुले प्रयोगशालामा बसेर बनाएका होइनन् । प्रकृतिको अध्ययन गर्दै उद्धाटित गरेका मात्र हुन् ।

वास्तवमा म मूल प्रकृति आकाशको सृष्टिसम्म कुनै किसिमको ‘कन्ट्राडिक्शन’ थिएन। त्यसपछिको सृष्टि‘कन्ट्राडिक्सन’मयीछ । सजिलो शब्दमा यसरी बुझ्न सकिन्छ, आकाश तत्वबाहेक कुनै पनि तत्व ‘एब्स्योल्युट’ होइनन् ।अग्नि, जल, वायु, पृथ्वी कुनै तत्व पनि एब्स्योल्युट छैनन् । मभित्र,मेरो सहभागिताले यी सबै तत्वको सृष्टि भएको हो ।

समस्त ब्रम्हाण्ड नै सृष्टि उपक्रम हो, यी तत्वहरुमा पनि सृष्टि सामर्थ्यसन्निहित छ । यिनीबाट बनेका अन्य तत्वमा पनि त्यो शक्ति छ । सृष्टि अन्तहीन प्रक्रिया हो । पृथ्वीको सृष्टिमा ९पृथ्वी नामक ग्रहको सन्दर्भमा मात्र होइन ठोस धरातल भएको जुनसुकै पिण्डको, अहिले चन्द्रसतहको सम्बन्धमा ० कुन कुन र कस्ता कस्ता एवम् कति कति मात्रामा नियम स्वरुपमा आए रु त्यो सबको ज्ञान मलाई हुन्न । अथवा मलाई यो ज्ञान हुन, त्यहाँ मानवीय चेतना जतिको चेतना सम्पन्न जीवनको प्रादुर्भाव हुनुपर्छ ।

चन्द्र धरातलको गुरुत्वाकर्षण पृथ्वीको तुलनामा १र६ मात्रै छ । पृथ्वीवासीले यो तथ्य कहिले थाहा पाए, मलाई त्यही बेला थाहा भएन । तर आर्मस्ट्रगं र एल्ड्रिनको आगमन हुँदा मलाई यो फरक ज्ञात हुन आयो ।

आर्मस्ट्रगं र एल्ड्रिनपछि अन्य दश जनालाई मैले चन्द्रमामा स्वागत गर्ने अवसर पाएँ । यी सबैको भ्रमणले मैले चन्द्रमाका विषयमा थुप्रै जानकारी प्राप्त गरें । विगत ४६ वर्ष पृथ्वीको समयदेखि कोही आउँछ कि भनी पर्खिरहेको छु म ।