चाँगुनारायण नगरपालिकाको जंगलमा पर्यावरणमैत्री पदमार्ग निर्माण

564

असार २२,
नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्ग बनाउन थालेको छ । शनिबार एक कार्यक्रम गरेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पर्यावरणमैत्री पदमार्गको शिल्यान्यास गरेका हुन् । मिश्रले भने “करिब ४ किलोमिटरको दूरी रहने यो पदमार्ग मंसिरसम्ममा निर्माण सकिने, त्यसमा नै केही फराकिलो बनाएर साइकल लेन समेत बनाउने तयारी छ । ”पर्यटकहरुलाई सधै हिमाल मात्र देखाएर पर्यटनको विकाश नहुने भन्दै भक्तपुरको नयाँ योजना ल्याएको छ ।

भ्यु टावर, पर्यटक बसपार्क, पदमार्गलगायतका संरचाना बनाउने तयारीमा रहेको उक्त नगरपालिकाले यो वर्ष पदमार्ग बनाउन सुरु गरेको हो । ढुंगा छापेर सिँडी निर्माण गरिने पदमार्गको चौडाइ चार फिटको हुनेछ । पछि साइकल लेन थप्ने तयारी छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पदमार्गका विभिन्न स्थानमा शौचालय, खानेपानी र आराम स्थलहरू बनाउइने मिश्रले जानकारी दिए ।
पदमार्ग निर्माणका लागि योजनाअन्तर्गत तीन करोडमा ठेक्का प्रक्रिया भइसकेको छ । नगरपालिकाले महामञ्जुश्री, बहाल र ढुंगेपाखा सामुदायिक वन क्षेत्रमा पदमार्ग निर्माण गर्ने जनाएको छ । नगरकोटको मोहनपोखरीदेखि बागेश्वरी हुँदै सुडालको महादेव पोखरीसम्म करिब ४ कलोमिटर पैदल मार्ग निर्माण हुनेछ ।