असार २२,
काठमाडौं । सार्क फिल्म फेस्टिभलमा फिल्म ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री विधामा स्पेसल जुरी अवार्ड जितेकी छन् । सार्कमा स्वस्तिमाले बेस्ट पफरमेन्स अफ दि इयर को अवार्ड जित्न सफल भएकी हुन् । बुलबुल बाट पहिलो अन्र्तराष्ट्रिय अवार्ड पाए लगत्तै स्वस्तिमाले सामाजिक सञ्जालमा खुसी साटेकी छन् । नेपाल यो तिम्रो लागि हो, स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै फेसबुकमा पोस्ट गरेकी छिन् । विनोद पौडेल निर्देशित फिल्म बुलबुल मा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेकी छन् ।
सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ नेपालको प्रतिनिधित्य गर्दै प्रतिस्पर्धामा थिए । यस्तै लघु फिल्म मार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धामा थिए । यसपटक सार्कमा अर्को नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो । फेस्टिभलमा भाग लिन ‘प्रसाद’ निर्देशक दिनेश राउत र ‘बुलबुल’ की स्वस्तिमा खड्का सहभागी थिए ।