मेट्रो रेलमा गज्जबको अफर, ३० पटक उठबस गर्दा टिकट फ्री

305

एजेन्सी, असार २२,
काठमाडौं । रुसको मस्कोमा रहेको मेट्रो रेलले गज्जबको अफर चलाइरहेको छ, जुन सोसल मिडियामा भाइरल बनिरहेको छ । मेट्रो रेलको फ्री टिकट पाउनकालागि यात्रुहरुले केवल ३० पटक उठबस गरे पुग्दछ । उक्त अफर अनुसार दुई मिनेट भित्रमा ३० पटक उठबस गर्नसक्ने व्यक्तिले मेट्रो रेलमा सित्तैमा यात्रा गर्ने अवसर पाउँदछ । जनताहरुलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउनका लागि यस्तो निर्णय गरिएको हो ।

अहिले मस्कोको उक्त स्टेशनमा सित्तैमा टिकट पाउनका लागि मान्छेहरु उठबस गरिरहेका भिडियोहरु सोसल मिडियामा यत्रतत्र फेला पार्न सकिन्छ । टिकट मेसिनको अगाडि ३० पटक उठबस गरेसँगै मेसिनले एउटा टिकट उपलब्ध गराउँदछ । स्मरण रहोस् रुसको राजधानी मस्को मोटोपन भएका मानिसहरुको सहरमा सबैभन्दा अग्रस्थानमा आउँदछ । त्यसले मानिसहरुको मोटोपना घटाउनका लागि सरकारको यो कदम निकै नै उत्कृष्ट मानिएको छ ।