सुडालको बोजिनी ड्याममा डुबेर एक जनाको मृत्यु

643

भदौं १६,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सुडालमा डुबेर एक जना पुरुषको मृृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई सुडाल बस्ने बर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावाको मृत्यु भएको हो । लिम्बु पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ उद्दार टोली खटी उद्दार गर्न प्रयास गर्दा मौसमको प्रतिकुलताका कारण उद्दार गर्न नसकेको र आज (१६ गते) शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पानीमुनी पसी तलास गर्दा लेदोमा गाडीएको अवस्थामा उनको शव फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए । कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टलमार्टमको लागी के.एम.सी. अस्पताल दुवाकोट लगिएको छ । मृतक योगेन्द्र सगै पौडी खेल्न गएका प्रकाश लिम्बु गएकाले सोधपुछ गरी थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीको भनाई छ ।