Sunday, September 27, 2026
Home राजनीति कांग्रेसी मित्रहरू हो,अपहरित बीपीको रक्षा गर, क्षमापूजा पछि गरौंला : बाबुराम भट्टराई

कांग्रेसी मित्रहरू हो,अपहरित बीपीको रक्षा गर, क्षमापूजा पछि गरौंला : बाबुराम भट्टराई

202

असार ९,
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई बीपीको रक्षा गर्न आग्रह गरेका छन्। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले बीपीको मेलमिलाप नीतिलाई कार्यनीति र आदर्श बनाएर बीपीको अपहरण भएको उल्लेख गर्दै भट्टराईले अपहरित बीपीको रक्षा गर्न कांग्रेसलाई सुझाव दिएका छन्।

शनिबार भट्टराईको गृहनगर गोरखाको पालुङटारमा आयोजित कांग्रेसको कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कांग्रेसकै भोटबाट गोरखा २ मा चुनाव जितेका बाबुरामले कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र बाबुरामलाई जिताउनु चुनावी भूल भएकोले क्षमापूजा गर्ने बताएका थिए।

थापालाई दुई दिनपछि ट्वीटरमार्फत् जवाफ दिएका भट्टराईले लेखेका छन्, ‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ१ बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो। बीपीको आत्माले के भन्दै होलारु कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौंला। हामी साथ दिन तयार छौं।’