नेकपा विवादः नेताका व्यक्तिगत स्वार्थले डुब्दै पार्टी र सरकार

280

नयाँ नेपाल न्युज, राजनीति ब्युरो
असार ७,
काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको एकता पछि वनेको नेपाल कम्युनिष्ट पार्टीभित्र असन्तुष्टि बढ्दो छ । नेतृत्वको कार्यशैली विरुद्ध केही केन्द्रीय सदस्यको असन्तुष्टि सतहमै देखिएपछि नेकपा विवाद भुसको आगोका रुपमा देखापरेको विश्लेषण हुन थालेको छ । असन्तुष्ट केन्द्रीय सदस्यले पार्टी सञ्चालन सचिवालयले मात्रै गर्ने भन्दै असन्तुष्टि राखेका छन् । विशेष गरी तत्कालिन एमालेका माधव नेपाल समूहका केही केन्द्रीय सदस्यहरु असन्तुष्ट देखिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल भित्र नै विवाद हुदाँ सरकारले सोचे जस्तो गति लिन सकिरहेको छैन् ।

सरकार र पार्टीबीचको दूरी वढ्दै गएपछि जनतामा सरकार प्रति वितृष्णा बढ्दो छ । केही समयदेखि पार्टीमा आफ्नो भूमिकाको खोजीमा रहेका माधवकुमार नेपाल निकट नेताहरुको ज्ञापनपत्रसँगै पार्टी भित्रको आन्तरिक गुटवन्दी बढ्दै गएको विश्लेषण पनि हुने गरेको छ । यसले पार्टी र सरकार दुबैलाई असर पार्ने स्थायी समिति सदस्यको तर्क छ । सरकार सञ्चालनदेखि पार्टी संचालनसम्म पक्षपाती व्यवहार गरेको आरोपसहित वुझाइएको ज्ञापन पत्रले नेकपा भित्र मौलाउदै गएको असन्तुष्टि सतहमा आएको छ । यसले एकीकृत बनेका दुई दलका कार्यकर्ताको मानसिकतामा पक्कै असर पु¥याउने छ ।

ओली र पुस्पकमल दाहालपछि नेकपामा अहिले दास्रो बरीयताका नेता वरिष्ठ नेता माधव नेपाल नै हुन् । उनीहरु विदेश जादाँ दुवै अध्यक्षले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएनन् । सो विषयले नेकपाभित्र भाँडभैलोको स्थिति आकलन गरिएको छ
छ । नेकपा वरिष्ठ नेता माधव नेपालले संसद्मा गरेको सम्बोधनले सर्वसाधारणको आकलनलाई केही हदसम्म पुष्टि गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टीका गतिविधि मात्रै होइन, सरकारका गतिविधिबाट पनि रुष्ट छन् भन्ने कुरा उनको सम्बोधनमा प्रस्टैसँग झल्किएको थियो । प्रतिपक्षी दल रआम सर्वसाधारण सरकारका गतिपविधिबाट आजित भइरहेका वेला सत्तारुढ दलकै वरिष्ठ नेतामा देखिएको असन्तुष्टिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारका काम–कारबाहीको सर्वत्र विरोध, आलोचना हुँदा तमाम नेकपा कार्यकर्ता लज्जित हुनुपरेको भन्दै उनले मुलुकमा सरकार भएको आभास दिलाउन मन्त्री तथा प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यसैबीच, नेता नेपालले शुक्रबार पार्टी स्थायी समिति तथा पोलिटब्युरो सदस्यहरूलाई बोलाएर बानेश्वरमा चियापन गराए । सो भेलामा उपस्थित भएका नेताहरूले पार्टीलाई एक ढिक्का बनाएर लैजान अध्यक्षद्वय असफल रहेको भन्दै उनीहरूको आलोचना गरे ।

जनतालाई विकास र समृद्धिको सपना बाँडेर बहुमत ल्याउन सफल भएको नेकपाभित्रको यो विवाद त्यत्तिकै साम्य हुने सम्भावना कम छ । न्यायको माग गर्दै आलोचना गर्नेविरुद्ध अरिंगालझैँ जाइलाग्न निर्देशन दिने प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका वरिष्ठ नेताको असन्तुष्टिलाई कुन रूपमा हेर्लान् । उनको सुझावलाई मनन गरेर अघि बढ्लान् कि आफैँ अरिंगाल बनेर भम्टेलान् ? उनी फर्किएपछि अवश्य देखिनेछ ।
अर्का तर्फ गुट र उपगुटलाई बढ्वा दिने हो भने नेकपा त डुब्छ डुब्छ देश र जनालाई समेत डुबाउने निश्चित छ ।