मन्त्री गोकुल बास्कोटाः संघर्षको ‘खानीबाट उदाएका तारा’

665

असार ७,
काठमाडौं । तत्कालिन नेकपा एमाले काभ्रे जिल्ला कमिटिको तीन पटक नेतृत्वमा रहेका गोकुल बास्कोटा अहिले सूचना प्रविधी तथा संचारमन्त्री छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका नयाँगाउँ चैनपुर स्थायी घर भएका उनको हाल भक्तपुर लोकन्थलीमा पनि घर छ ।
संघर्षको खानीबाट उदाएका तारा
विद्यालयमा पढ्दा २०३७ सालदेखि नै वामपन्थी राजनीतिमा लागेका उनी एक क्रान्तिकारी स्वभाव भएका नेता हुन् । विद्यार्थी संगठन, प्रेस चौतारी हुदैं उनी नेकपाको राजनीतिमा आएका हुन् । मुलुकमा पञ्चायती शासन व्यवस्था हुदाँ र हालको जस्तो सुविधा नहुदाँ समेत पार्टीको नीति र एजेण्डा लिएर गाउँ गाउँ पुग्दै संगठनलाई अगाडी बढाउन उनको ठुलो योगदान छ । यातायातको सुविधा नहुदाको त्यो समयमा काभ्रेका धेरै गाउँ र बस्तीमा पुगेर उनले परिर्वतनका लागि आफ्नो युवा अवस्था खर्च गरे ।
बास्कोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बनेपनि पराजित भए । नेकपा एमालेको अध्यक्ष भैसकेका बास्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य भएर समेत थिए । २०७४ सालको संघीय संसदको निर्वाचनमा बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भए । बास्कोटा ५४ हजार ४२७ मतसहित प्राप्त गरे । यो दोस्रो लोक प्रीय मत हो ।

कस्तो छ उनको स्वभाव
संघर्षशिल राजनीतिबाट आएका उनी खरो स्वभावका व्यक्ति हुन् । बास्कोटा स्वयम् पूर्व पत्रकार हुन् । लामो समय एमालेनिकट साप्ताहिक पत्रिकाहरुमा काम गरेका उनी गोपाल बुढाथोकी पत्रकार महासंघको काठमाडौं शाखा अध्यक्ष हुँदा सदस्य थिए । त्यस हिसाबले उनी आफ्ना सिनियर र समकालीनहरुलाई उछिनेर अघि बढेका छन् । लामो समय सम्बोधन साप्ताहीक नामक पत्रिका निकालेर पत्रकारिता गरे । दृष्टि साप्ताहीकमा समेत उनले कलम चलाए । सामान्य नेताहरुमा हुन्छ म तपाईको काम गर्छु गरिदिन्छु भन्ने बानी हुन्छ । तर बास्कोटालाई नजिकबाट चिनका काभ्रेका स्थानीयहरु भन्छन् उनी हुने कुरालाई मात्र हुन्छ गर्छु भन्छन् अरुले जस्तो चिल्लो घस्न जान्दैनन् । त्यसलै उनको बेला बेलामा आलोचा पनि हुन्छ तर यो सकारात्मक पक्ष होइन । सत्य कुरालाई सत्य भन्नेलाई साथ दिने जमात कम छ ।

किन आउँछन विवादमा ?
जनमानसमा सञ्चारमन्त्री बास्कोटाको छवि छुच्चो, अहंकारी र अतिवादी नेताको छ । निकटवर्तिहरुले चाहिँ उनलाई स्ट्रेट फरवार्ड, इमान्दार र कुण्ठारहित प्राणीका रुपमा प्रशंसा गर्ने गर्छन् । बास्कोटाको यथार्थ व्यक्तित्व यिनै दुईथरि अतिरञ्जनाहरुको बीचमा भेटिन सक्छ । चुनावमा केपी ओलीपछि दोस्रो लोकप्रिय मतले जितेपछि उनको चर्चा बढ्यो । त्यसपछि ओली सरकारको सञ्चार राज्यमन्त्री नियुक्त भएका बास्कोटा लगातार मिडिया र सोसल मिडियामा छाइरहेका छन् । नेपाल टेलिभिजनमा १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ बास्कोटाको निर्देशनमा बन्द गरिएको आरोप लाग्दै आएको छ । तर बास्कोटा भन्छन् समय सकिएपछि नेपाल टेलिभिजनले नविकरण गरेन् । कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्ने विपक्ष र विरोधीहरुको आरोप छ ।