Saturday, September 26, 2026
Home पत्रपत्रिका ‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

109

नागरिक दैनिक
असार ७, सर्लाही । प्रहरी कारबाहीमा मारिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्युरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेलका वर्षीय पिता खिलकराज पौडेलले छोराको हत्या भएको दाबी गरेका छन्। ‘निशस्त्र अवस्थामा रहेको मेरो छोरालाई भिडन्तको नाममा हत्या गरिएको छ,’ भावविह्वल अवस्थामा घरमै रहेका पौडेलले नागरिकसँग भने, ‘हिजो छोराको लास हेर्छु भन्दा पनि दिइएन, लास कहाँ लगेर राखिएको छ, अहिलेसम्म प्रहरीले कुनै खोजखबर गरेको छैन।’ राज्यले हत्या आतंक मच्चाएको र आफ्नो छोरालाई प्रहरीले नियोजित रुपमा मारेको पौडेलको आरोप छ।
म्गपपब ज्गलगक

मृतक कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। ‘निशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाएर, दोहोरो भिडन्तको नाममा हत्या गरिएको छ,’ उनले भने, ‘तपाई पत्रकारहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइदिनोस्।’ निष्पक्ष छानबिनको प्रत्याभूति नभएसम्म दाजुको शव नबुझ्ने समेत उनले बताए। स्थानीय शीतल बोहराले पनि निष्पक्ष छानबिनको माग गरे। ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘त्यसैले निष्पक्ष छानबिन हुनुपर्छ।’