Sunday, September 27, 2026
Home समाचार धादिङको गल्छीमा जीप दुर्घटना,चार जनाको मृत्यु,१० जना घाइते

धादिङको गल्छीमा जीप दुर्घटना,चार जनाको मृत्यु,१० जना घाइते

181

असार ६,
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते रहेको धादिङ प्रहरीले जनाएको छ।
गल्छी गाउँपालिका–६ कै कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा चार जनाएको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

उनका अनुसार मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय राजु रम्तेल, सोही ठाउँका ४० वर्षीय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङ रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा तीब्र गतिका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जीप सडकबाट पन्ध्र मिटर तल खसेको थियो।

दुर्घटनामा घाइतेहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।