शिक्षक र स्वास्थ्यकर्मीलाई भुटानमा अन्य सबैभन्दा धेरै तलब

76

एजेन्सी,असार ६,
काठमाडौँ । भुटान सरकारले पुनरावलोकनअनुसार शिक्षक, डाक्टर, नर्स र मेडिकल क्षेत्रका कर्मचारीहरूको तलब उही तहका अन्य कर्मचारीमध्ये सबैभन्दा धेरै तलब दिने भएको छ। भुटान सरकारको प्रधानमन्त्री कार्यालयले गरेको घोषणा अनुसार १० देखि २० वर्षको अनुभव भएका शिक्षकको तलब ३५ र २० वर्षभन्दा बढी अनुभव भएका शिक्षकको तलब ५५ प्रतिशतले बढेको छ।

यस्तै एमबिबिएस डाक्टरलाई उनीहरूको अनुभवका आधारमा ४५ देखि ६० प्रतिशतसम्म तलब बढाउने घोषणा सरकारले गरेको छ। यस्तै नर्स र स्वास्थ्यक्षेत्रका अरू कर्मचारीको पनि अनुभवका आधारमा तलब बढाइएको छ। घोषणाअनुसार १० वर्षसम्म सेवा गरेका नर्स तथा मेडिकल स्टाफको ३५, १० वर्षदेखि २० वर्षसम्म अनुभव हुनेहरूको ४५ र २० वर्षभन्दा धेरै अनुभव भएका स्वास्थ्य कर्मचारीहरुको तलब ५५ प्रतिशतसम्म तलब बढेको छ। सरकारको यो घोषणाले भुटानका आठ हजार ६ सय ७९ शिक्षक र करिब ४ हजार स्वास्थ्य कर्मचारी लाभाविन्त हुने द भुटनिज अनलाइनले उल्लेख गरेको छ।