Sunday, September 27, 2026
Home राजनीति विप्लवका जिल्ला इञ्चार्जहरू भक्तपुर र काठमाडौंबाट पक्राउ

विप्लवका जिल्ला इञ्चार्जहरू भक्तपुर र काठमाडौंबाट पक्राउ

98

असार ५,
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, विद्यार्थी इञ्चार्ज तामसालिङका मुकुन्द श्रेष्ठ र उदयपुरका विद्यार्थी इञ्चार्ज छन्।

उनीहरूलाई भक्तपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। राज्यविरूद्धको कसूर गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।