Wednesday, September 23, 2026
Home अर्थ कहाँबाट सुरु भयो होला समोसा बनाउने चलन ? यस्तो छ इतिहास

कहाँबाट सुरु भयो होला समोसा बनाउने चलन ? यस्तो छ इतिहास

227

असार ४,
काठमाडौँ । नेपालमा समोसा नियमित खाजाजस्तो बनेको छ, धेरैका लागि। तर, कहाँबाट सुरु भयो होला समोसा बनाउने चलन? धेरैलाई थाहा छैन। रोचक तथ्य त के हो भने, भारत हुँदै नेपाल भित्रिएको समोसा भारतमै उत्पति भने भएको होइन। यद्यपि समोसा भारतीय पकवानको रुपमा अहिले विश्वभर प्रसिद्ध छ।

नेपालमा पनि सहजै पाइने समोसा बाहिर पिठोबाट बनेको हुन्छ। यसको भित्रपट्टि भने आलु र बदाम लगायतका परिकार राखिएको हुन्छ। तर सुरुवातमा भने यसको भित्रपट्टि फलफूल हुन्थ्यो भन्दा तपाईंलाइ अचम्म लाग्न छ।

कहाँबाट उत्पति भयो त समोसा?
समोसाको उत्पति वास्तवमा इरानको इतिहाससँग जोडिएको छ। समोसाको नाम नै फरासी भाषाबाट आएको हो। फारसीमा समोसालाई संबोसाग भनिन्छ। समोसाको बारेमा सबैभन्दा पुरानो इतिहास ११ औँ शताब्दीमा भेटिन्छ। अबुल फजल बेहाकीले आफ्नो लेखहरुमा समोसाबारे लेखेका छन्। उनले गजनवी साम्रान्जयको शाही भोजमा भएको परिकारबारे उल्लेख गर्दा समोसालाई पनि जोडेका हुन्।

जसमा भनिएको छ- एउटा नुनिलो पिठोमा सुख्खा मेवा र मासु भरिएको थियो।

त्यही समोसा आर्य जातिको भारतीय उपमहाद्वीपमा प्रवेश गर्‍यो र नेपालसम्म आइपुग्यो। इरानबाट एसियाको पहाड छिचोल्दै अफगानिस्तान हुँदै समोसा भारत हुँदै नेपाल भित्रिएको बताइन्छ।

विगतमा समोसा त्रिकोण आकारको थिएन। यो म:म जस्तो देखिन्थ्यो। तर ताजकिस्तान, उज्बेकिस्तान हुँदै विभिन्न आकार र स्वरुप बदल्दै समोसा त्रिकोण आकारको बन्यो। भारतीय पकवान विशेषज्ञ प्राध्यापक पुष्पेश पन्त अहिले समोसा समधर्मी पकवान बनेको उल्लेख गर्छन्। समोसा अहिले सबै संस्कृतिको साझा पकवान बनेको छ। त्यसैले पनि समोसा सबैभन्दा पहिलो फास्ट फूड बन्यो।

अहिले समोसामा धनियाँ, खुर्सानी, जीरा, अदुवा, आलु र बदाम राखिन्छ। समोसा भेज पकवानको रुपमा स्थापित छ। बंगालमा दूधले बनेको परिकार भरिएको समोसा पाइन्छ। अनि भारतको दिल्लीमा समोसाभित्र चकलेट राखेर बेच्ने पनि रेष्टुरेन्ट छ। भारतमा कतै तेलमा समोसा बनाइन्छ भने कतै बाफको सहायतामा पनि समोसा पकाइन्छ। यसरी इतिहासमा राजाको पकवान अहिले किसानको पकवान बन्यो। र, नेपालभर समोसा रुचिको परिकार बन्न पुग्यो।-bizmandu.com