Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्ने

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्ने

228

एजेन्सी, असार ४,
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ यस हप्ता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। विगत १४ वर्षमा चिनियाँ नेताको उत्तर कोरियाको यो पहिलो यात्रा हुनेछ। उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा सी जुन २०–२१ मा उत्तर कोरियाको भ्रमण गर्ने कम्युनिस्ट पार्टी अफ चाइनाका अन्तराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिंगले बताए। यी दुई छिमेकी देशबीच राजनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पुरा भएकोमा उनको यो भ्रमण हुन लागेको हो।परमाणु हतियार कार्यक्रमका लागि संयुक्त राष्ट्रको कडा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय स्तरमा एक्लो भएको उत्तर कोरियाको एक मात्र निकटमित्र शक्ति चीन रहेको छ।

आगामी जुन २८ –२९ को जापानमा हुन गइरहेको विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको समूह जी–२० को शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सीको भेटवार्ता प्रस्तावित रहेको बेला उनको उत्तर कोरिया भ्रमण हुन लागेको हो।

चीन उत्तर कोरियाली सीमानजिक ‘संंदिग्ध विस्फोटका कारण सोमबार कम्पनको महशुस गरिएको बताइएको छ। चिनियाँ भूकम्प विद्ले उक्त जानकारी दिएका हुन्। उक्त भूकम्प चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेको करिब १ घण्टापहिला महशुस गरिएको हो। चिनियाँ भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपूर्वी जिलिन प्रान्तका हुचुन शहर मा स्थानीय समयअनुसार साँझ करिब ७ बजेर ३८ मिनेटमा १ दशमलव ३ रेक्टर स्केलको कम्पन महशुस गरिएको थियो।