Tuesday, September 29, 2026
Home अनौठो जादु देखाउने भनेर हात खुट्टा बाँधेर नदीमा हाम फल्दा जादुगरको मृत्यु

जादु देखाउने भनेर हात खुट्टा बाँधेर नदीमा हाम फल्दा जादुगरको मृत्यु

186

एजेन्सी, असार २,
काठमाडौँ । भारतको पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले पुलिसलाई जानकारी दिए ।पुलिसका अनुसार मृतकको नाम ४१ वर्षका चञ्चल लाहिरीको रुपमा भएको छ । विपद व्यवस्थापन विभागले गंगामा शवको खोजी गरिरहेको छ ।दर्शकको रुपमा उभिएका सैयद वकार रजाले दिएको जानकारी अनुसार जादुगर चञ्चल क्रेनको मद्दतले नदीमा डुबेका थिए । उनी नदी भित्र बाँधिएको हात खुट्टा खोलेर पानी बाहिर निस्किएको देखाउन चाहन्थे । यद्यपि, यस्तो हुन सकेन ।

पुलिसका अनुसार जादुगर चञ्चल पश्चिम बंगालको सोनारपुर शहरमा बस्दथे । उनले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए । पुलिस स्रोतका अनुसार चञ्चलले गंगामा जादु देखाउनका लागि पुलिस प्रशासनसँग अनुमती लिएका थिए । यति हुँदा हुँदै पनि त्यहाँ सुरक्षाको कुनै प्रबन्ध नमिलाएको भारतीय संचार माध्यमले बताएका छन्