जादु देखाउने भनेर हात खुट्टा बाँधेर नदीमा हाम फल्दा जादुगरको मृत्यु

169

एजेन्सी, असार २,
काठमाडौँ । भारतको पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले पुलिसलाई जानकारी दिए ।पुलिसका अनुसार मृतकको नाम ४१ वर्षका चञ्चल लाहिरीको रुपमा भएको छ । विपद व्यवस्थापन विभागले गंगामा शवको खोजी गरिरहेको छ ।दर्शकको रुपमा उभिएका सैयद वकार रजाले दिएको जानकारी अनुसार जादुगर चञ्चल क्रेनको मद्दतले नदीमा डुबेका थिए । उनी नदी भित्र बाँधिएको हात खुट्टा खोलेर पानी बाहिर निस्किएको देखाउन चाहन्थे । यद्यपि, यस्तो हुन सकेन ।

पुलिसका अनुसार जादुगर चञ्चल पश्चिम बंगालको सोनारपुर शहरमा बस्दथे । उनले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए । पुलिस स्रोतका अनुसार चञ्चलले गंगामा जादु देखाउनका लागि पुलिस प्रशासनसँग अनुमती लिएका थिए । यति हुँदा हुँदै पनि त्यहाँ सुरक्षाको कुनै प्रबन्ध नमिलाएको भारतीय संचार माध्यमले बताएका छन्