महिलाद्वारा सुसाइड नोट लेखेर आत्महत्या

221
सांकेतिक तस्विर

असार २,
बुटवल । सोमबार बिहान गुल्मीकी एक महिला आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ बर्षिया मिना थापा घरको भ-याङ्ग मुनी रहेको हिलट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । उनका दुई छोरा छोरी रहेका छन् । श्रीमान भने भारतमा रहेको बताइएको छ ।

उनले लेखेको सुसाइड नोट समेत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी दीपकुमार बस्नेतले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेको छ’, एसपी बस्नेतले भने, ‘विस्तृत बिवरण आउन बाँकी छ ।’