सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि

278

जेठ ३०,
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन् । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।