काठमाडौ महानगरको सहरी योजना आयोगमा ५ सदस्य नियुक्त

167

जेठ ३०,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । ९ सदस्य हुने आयोगका लागि महानगरे बिहीबार ५ सदस्य नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा। डा। त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब श्रेष्ठ रहेका छन् ।

महानगरपालिका सहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० ऐन, २०७५ को व्यवस्थाबमोजिम सदस्य नियुक्त गरिएको महानगरपालिकाले जनाएको छ । आयोगको उपाध्यक्ष भने यस अघि नै नियुक्त गरिएको थियो । सोहि ऐनबमोजिम जेठ १२ गते बसेको कार्यपालिकाको ३३ औं बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगका पदाधिकारीका रुपमा नियुक्त उपाध्यक्षसहित सदस्यहरुलाई बिहीबार (आजै) आयोगका अध्यक्षसमेत रहेका महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।