तीनजना युवकको यसरी भयो मृत्यु

82

असार ३, बुटवल । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका- का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।

स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।