‘बाहुबली’ स्टार प्रभाष र श्रद्धाको ‘साहो’को टिजर रिलिज (टिजर सहित)

462

जेठ ३०,
काठमाडौँ । ‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । टिजर हेर्नुहोस्

चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको यो अवतारले दर्शकलाई उत्साहित बनाएको छ । चलचित्रको कथावस्तुको बिषयमा टिजरमा खासै केही खुलाइएको छैन । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ । प्रभाषले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । अगष्ट १५ मा यो चलचित्र रिलिज हुँदैछ ।