कादर खानलाई जिउदैं मार्ने को ?

73

पुस १६,
एजेन्सी । बलिउड अभिनेता कादर खानको निधनको खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ । पिटिआईसँग कुरा गर्दै उनले भने, ‘उनको निधनको खबर झुठो । यो हल्ला मात्र हो । बुवा अस्पतालमा हुनुहुन्छ ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सामान्य भेन्टिलेटरबाट बिआईपीएपी भेन्टिलेटरमा सारिएको छ । टाइम्स अफ इन्डियाको एक रिपोर्टमा खानलाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोग लागेको छ जसले गर्दा उनलाई हिँडडुल गर्न र ब्यालेन्स बनाउन अफ्ठयारो हुन्छ । खानको निधनको हल्लाको शिकार बलिउड अभिनेताहरु पनि बनेका छन् । अर्सद वारसीले ट्वीटरमा खानप्रति समवेदन प्रकट गरेका थिए । अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित दागबाट बलिउडमा डेब्यु गरेका थिए । उनले बलिउडमा ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।