प्रचण्ड भन्छन् लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री आएपछि निर्णय हुन्छ

57

जेठ २९,
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय हुने जानकारी गराएका छन्। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’

उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन् । मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र अव आउने दिनेमा पर्याप्त गृहकार्य गरेर ल्याउनेतिर जान्छ ।’